डा. भट्टराईकाे प्रश्न – राजावादीहरूलाई छुट दिने गणतन्त्रवादीलाई निषेधाज्ञा र गिरफ्तारी?

काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेकाेप्रति आपत्ति जनाएका छन् ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार पुल उद्घाटन गर्न जाँदा तनहुँकाे स्थानीय प्रशासनले आकस्मिक कर्फ्यू लगाएर पौडेललाई पुल उद्घाटन गर्न रोक लगाएर प्रहरीले नियन्त्रणमा लिएको थियाे ।

पौडेल गिरफ्तारीपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. बाबुरामले ट्वीटरमार्फत राजावादीहरूलाई छुट दिने र गणतन्त्रवादीलाई निषेधाज्ञा र गिरफ्तार गर्ने ओली सरकारको चाला के हो भनी प्रश्न गरेका छन्।

Facebook Comments