इन्जिनियरविरुद्ध विशेष अदालतमा भ्रष्टाचारकाे मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर पर्वत पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत करार तर्फका इन्जिनियर पौडेलविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएकाे अख्तियारले जनाएकाे छ।

अख्तियारका अनुसार पक्राउ परेका पौडेलले घर निर्माण सम्मपन्नको प्रमाणपत्र दिने प्रयोजनको लागी घुस लिएर थिए । सेवाग्राहीसँग मागेको ७५ हजार रकम होटल व्यवसायी नारायणप्रसाद भट्टलाई बुझ्न लगाएर उनीमार्फत लिएको अवस्थामा उनलाई अख्तियारलेपक्रेको थियो ।

आयोगले पौडेलको मुद्दामा ७५ हजार बिगो मागदावी लिएको छ ।

ईन्जिनियर पौडेलले अदुवाबारी खानेपानी आयोजनको अन्तिम बजेट निकाशा गरिदिएबापत र निर्माण सम्पन्न भएको घरको स्थायी ईजाजत दिएबापत घुस लिएको अख्तियारको अनुसन्धानबाट खुलेकाे छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.