किशोरीले सन्तान जन्माएपछि बलात्कार आरोपी पक्राउ

ओखलढुंगा । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेकाे आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा चम्पादेवी गाउँपालिका-२ का २९ वर्षीय वीर बहादुर मगर रहेका जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएकाे छ । उनीलाई सोमबार बेलुका पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।

वीर बहादुरले २०७६ फागुन २८ गते ती किशोरीलाई उनकै कोठामा जबरजस्ती करणी गरेका थिए ।

त्यसै बेला किशोरी गर्भवति भएकी थिइन् । उनले गत शनिबार छोरीको जन्म दिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

Facebook Comments