राैतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले हत्या आराेपमा एक जनालाई पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा वृन्दावन नगरपालिका-३ का रवि राम रहेका प्रहरीले जनाएकाे छ ।
वृन्दावन नगरपालिका-३ का १८ वर्षीय नन्दकिशोर रामको हत्या आराेपमा उनलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।
उनहरू दुवैजना छिमेकी हुन् । प्रहरीका अनुसार १९ वर्षीय रविले सामान्य विवादमा चक्कु प्रहार गरेको खुलेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।
Facebook Comments