नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार ५ सय नाघ्याे

काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणबाट एकैदिन २९ जनाकाे मृत्यु भएकाे छ।

याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ५ सय ८ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

यस्तै नेपालमा आज थप १ हजार ४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा १ हजार ९३१ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख १४ हजार ५२१ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४२३ रहेको छ ।

Facebook Comments