१४ सय ७४ काेराेना संक्रमित थपिए, १ हजार ९३१ जना डिस्चार्ज

काठमाडाैं । नेपालमा आज थप १ हजार ४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा १ हजार ९३१ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख १४ हजार ५२१ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४२३ रहेको छ ।

यस्तै आज काेराेना भाइरसकाे संक्रमणबाट थप २९ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ५ सय ८ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

यस्तै हिजाे १ हजार १ हजार २ सय ५५ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे थियाे ।

Facebook Comments