कस्ले बनायाे प्रधानमन्त्री ओलीकाे टिकटक अकाउण्ट?

काठमाडौं । पछिल्लाे समय युवा पुस्तामा निकै लाेकप्रिय बनेकाे टिकटकमा प्रधानमन्त्री केपी शर्मा ओलीको भिडियाे देखिएकाे छ ।

प्रधानमन्त्री ओलीको उपस्थिति रहेकाे भिडियाे टिकटकमा देखिएको हाे । उनको यो अकाउण्ट भेरिफाइ पनि भइसकेको छ । अकाउण्टमा अहिलेसम्म एउटा मात्र भिडियो शेयर गरिएको छ ।

तर, प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईले भने यो अकाउण्ट कसले बनायो भन्नेबारे आफूलाई जानकारी नभएको बताए ।

यो अकाउण्ड प्रधानमन्त्रीको टिमले नबनाएको उनले बताए । बजगाइले आफ्नो टिमले नबनाएको भने पनि यो अकाउण्ट भेरिफाइ भइसकेको छ ।

आधिकारिकता पुष्टि गर्ने पर्याप्त आधार भएपछि मात्रै यस्ता अकाउण्ट भेरिफाइ हुन्छन् । यो अकाउण्टलाई १६ सय भन्दा धेरैले फलो गरिसकेका छन् ।

यो भिडियोलाई ९ हजारभन्दा धेरैले लाइक गरिसकेका छन् । २ सय जनाले कमेन्ट गरेका छन् । भिडियोको भ्यू १ लाख ३० हजार बढी भइसकेको छ । १५० भन्दा धेरैले शेयर गरेका छन्।

Facebook Comments