हात-हातमा राष्ट्रिय झण्डा बाेकेर काठमाडौंमा राजतन्त्रको पक्षमा प्रदर्शन

काठमाडौं । राजतन्त्र पुनर्स्थापनाकाे पक्षमा काठमाडौंमा बृहत प्रदर्शन भएको छ ।

राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिले सोमबार गरेको प्रदर्शनमा सहभागीहरुले पृथ्वीनारायण शाहको तस्बिर अंकित प्लेकार्ड बोकेर विभिन्न नारा समेत लगाएका थिए ।

माइतीघरदेखि नयाँ वानेश्वरसम्म गरिएको प्रदर्शनमा राजा आऊ, देश बचाऊ, बेरोजगार युवालाई रोजगारी दे, दलीय झण्डा छोडेर देशको झण्डा बोकौँ’, जस्ता नारा लगाइएकाे थियाे ।

प्रदर्शनकारीहरूले हात-हातमा राष्ट्रिय झण्डा बोकेका थिए । पछिल्ला दिनहरुमा देशका विभिन्न स्थानमा राजतन्त्रका पक्षमा लगातार प्रदर्शन भइरहेका छन्।

हिजाे पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले राजावादीकाे प्रदर्शनमा सहभागि नहुन अपिल गरेका थिए ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.