वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले बलिका बलात्कार गरेकाे आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्सा, सुखवाप्रसौनी गाउँपालिका-२ बस्ने १९ वर्षिय तेजशंकर चौधरी र विन्दावासिनी गाउँपालिका-४ अमरपट्टि बस्ने उमेश ठाकुर रहेका प्रहरीले जनाएकाे छ।
चौधरीले गाउँकै ४ वर्षीया बालिकालाई र ठाकुरले ६ वर्षीया बालिकाको बलात्कार गरेकाे अभियोगमा पक्राउ गरिएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।
गाउँमा खेलिरहेको अवस्थामा चौधरीले नरिवल दिने प्रलोभनमा पारी ४ वर्षीया बालिको बालात्कार गरेका र ठाकुरले बालिकको यौनाङमा औला पसाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
दुवै बालिकाको स्वास्थ्य परीक्षण भईसकेको छ । हाल उनीहरुको अवस्था समान्य रहेको छ। चौधरी र ठाकुरमाथि जबरजस्ती करणी मुदा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
Facebook Comments