जब प्रहरीले बिच सडकमा २ लाख ३५ हजार रुपैयाँ भेट्टायाे

काठमाडाैं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ललितपुरमा २ लाख ३५ हजार रुपैयाँ भेट्टाएकाे छ।

ललितपुरकाे महालक्ष्मीस्थान चोकमा नगदसहित चितवन गर्दी-२ का प्रमोद आचार्यको पनि नागरिकता भेटिएकाे प्रहरीले जनाएकाे छ।

महालक्ष्मी स्थान चोक सडकमा वा ८७ प ७३५५ नं. को मोटरसाइकल चालकले सडकमा खसेको प्लास्टिकको झोला टिपेर हेर्दै गरेको अवस्थामा चोकमा खटिएका ट्राफिक प्रहरी जवान रुपेश चौधरीलाई शंका लागेर हेर्दा २ लाख ३५ हजार रुपैयाँ भेटिएको प्रहरीले जनाएको छ ।

रकम र नागरिकता महानगरीय प्रहरी वृत्त सातदोबाटोमा बुझाएकोले सम्बन्धित व्यक्तिले प्रमाणसहित महानगरीय प्रहरी वृत्त सातदोबाटोमा सम्पर्क गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

Facebook Comments