Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
लन्डन । बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पछिल्ला दिनहरुमा तीव्र रुपमा बढ्दै गइरहेको छ ।
कोरोना संक्रमणको दोस्रो लहर चलिरहँदा बेलायतमा दैनिक मृतक संख्या करिब सात सयको हाराहारीमा पुगेको छ ।
पछिल्लो २४ घन्टामा मात्र बेलायतमा ६९६ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।
दोस्रो लहर शुरु भएयता यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । हिजो मंगलबार ६०७ जनाको मृत्यु भएको थियो । यससँगै बेलायात्मा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५६ हजार ५ सय ३३ पुगेको सरकारी तथ्याँकमा उल्लेख छ ।
यसैगरी स्वास्स्थ्य विभागले दिएको जानकारी अनुसार २४ घन्टामा थप १८ हजार २१३ जना नयां संक्रमित थपिएका छन् । बेलायतमा कोरोना संक्रमितको कुल संख्या १५ लाख ५७ हजार नाघेको छ ।




Facebook Comments