आज ५ हजार ६९९ जना कोरोना मुक्त भए

काठमाडौं । पछिल्लो २४ घन्टामा ५ हजार ६ सय ९९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै देशभर संक्रमणमुक्त हुने कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय ६९ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ।

आज देशभर १९ हजार ९ सय ६३ जना सक्रिय संक्रमित छन्। आज देशभर १६ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ३ सय २१ जना संक्रमितको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा ८ हजार ३२ जनाको पिसिआर परीक्षण भएको छ।

Facebook Comments