काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६ सय ३९ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ६ सय ७४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ को इलाममा ४, उदयपुरमा २, खोटाङमा १, झापामा ५७, धनकुटामा ७, भोजपुरमा १, सोलुखुम्बुमा १ र सुनसरीमा ५ जनामा कोरोना भेटिएको छ।
प्रदेश २ को धुनषामा ११, बारामा ५, महोत्तरीमा ३, सप्तरीमा २, सर्लाहीमा ४ र सिरहामा ७ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय ८५ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ५६, चितवनमा ६१, दोलखामा ३, धादिङमा १८, नुवाकोटमा ८, भक्तपुरमा ४९, मकवानपुरमा २५, रामेछापमा ४, ललितपुरमा १ सय ६५, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ७५, गोरखामा ९, तनहुँमा ४४, नवलपरासी पूर्वमा २८, पर्वतमा ६, म्याग्दीमा ३, लमजुङमा ५, वागलुङमा ७ र स्याङजामा ७ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ३३, गुल्मीमा ४, दाङमा १०, नलवपरासीमा ३३, पाल्पामा १९, प्यूठानमा ३, बर्दियामा १७, बाँकेमा ३९, रुकुम पूर्वमा १, रोल्पामा ७ र रुपन्देहीमा ५७ जनामा कोरोना पाइएको छ।
यस्तै, कर्णाली प्रदेशको दैलेखमा ४, रुकुम पश्चिममा १, सल्यानमा ४ र सुर्खेतमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
सुदूरपश्चिमको अछाममा ३, कञ्चनपुरमा ३, कैलालीमा ४०, डडेल्धरामा ६, बझाङमा ६, बाजुरामा १ र बैतडीमा १ जनामा कोरोना भेटिएको छ।
Facebook Comments