दुई उपरथीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सन्तोषकुमार ढकाल र सहदेव खड्कालाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

मंसिर ३ गते बसेको मन्त्रिपरिषद् बैंठकले ढकाल र खड्कालाई सहायक रथीबाट उपरथीमा बढुवा गर्ने निर्णय गरेसँगै शुक्रबार जंगी अड्डामा आयोजित एक कार्यक्रममा उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएकाे हाे ।

नेपाली सेनाका अनुसार उ्रपरथी ढकाललाई पूर्वी पृतना मुख्यालयको पृतनापति र उपरथी खड्कालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पदस्थापन गरिएको छ ।

शुक्रबारै सोही कार्यक्रममा सहायक रथी दर्जामा पदोन्नति भएका अन्य चार जना महासेनानीहरुलाई पनि प्रधानसेनापति थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

Facebook Comments