पेट्रोल चोरी प्रकरण : थप अनुसन्धान गरिदिन सीआईबीलाई पत्राचार

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल ढुवानी गर्ने ट्यांकरमा फल्स चेम्बर बनाई इन्धन चोरी गरेको फेला परेपछि थप अनुसन्धान गरिदिन नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)लाई अनुरोध गरेको छ ।

निगमले सिआईबीलाई पत्राचार गर्दै चोरी गर्ने कार्यमा अन्य व्यक्तिहरु सांगठनिक अपराधमा सलग्न हुनसक्ने सम्भावना रहेको जनाउँदै अनुसन्धान र कारबाही गरिदिन अनुरोध गरेको हो ।

‘स्वीकृत मापदण्ड बाहेकको फिटिङ्स जडान (फल्स चेम्बर) बनाई इन्धन चोरी गरेको तथ्य फेला परेको हुनाले चोरी गर्ने कार्यमा अन्य व्यक्तिहरु सांगठित अपराधमा सलग्न हुनसक्ने सम्भावना देखिन्छ,’ निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र गृह मन्त्रालयलाई बोधार्थ गरी नेपाल प्रहरी, प्रधान कार्यालयलाई पठाएको पत्रमा भनिएको छ, ‘थप अनुसन्धान गरी दोपीउपर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइदिनु हुन सादर अनुरोध गर्दछु ।’

निगमले काठमाडौं-बरौनी रुटमा सञ्चालित निगमका ठेकेदार वीरवेताल आशीर्वाद ढुवानी सेवाका ट्यांकर नम्बर ना ७ ख ३६९६ र ना ७ ख २९९५ मा फल्स चेम्बर बनाएको फेला पारेको थियो । ट्यांकरको चेम्बर नम्बर ३ र ४ को बिचको भागमा स्वीकृत मापदण्ड बाहेकको फिटिङ्स जडान (फल्स चेम्बर) बनाई चोरी गरेको तथ्य फेला परेको थियो ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.