नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १३ सय नजिक

काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणबाट थप २२ जनाकाे मृत्यु भएकाे छ ।

याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार २ सय ९८ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

यस्तै नेपालमा शुक्रबार थप १ हजार ९४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख १६ हजार ९६५ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा ५ हजार ३६४ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ९१ हजार २ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ ।

Facebook Comments