काठमाडौं उपत्यकामा थप १२२९ जनामा संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा थप १ हजार २ सय २९ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा ५१३ जना महिला र ७१६ जना पुरुष गरी १२ सय २९ जनामा काेराेना संक्रमण भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार बिहीबार काेराेना संक्रमण हुनेमा काठमाडौंमा ९६५, भक्तपुरमा ७५ र ललितपुरमा १८९ जना रहेका छन् ।

यस्तै नेपालमा आज थप २ हजार १०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख १५ हजार २० पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा २ हजार ८५८ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको छ ।

Facebook Comments