धनुषामा सीमा नाका खुलाउन अनिश्चितकालीन धर्ना

धनुषा । धनुषा सीमा नाका खुलाउन अनिश्चितकालीन धर्ना सुरू गरिएकाे छ।

कोरोना संक्रमणको बहानामा बन्द भएको नेपाल-भारत सिमा नाकालाई सुचारू गराउन अनिश्चितकालीन धर्ना सुरू गरिएको हाे ।

नेपाल भारत खुला सीमा संवाद समूहको आयोजनामा बिदेह नगरपालिका वार्ड नम्बर २ दुहबी टोलमा अनिश्चित कालिन २ घन्टे धर्ना प्रदर्शन बुधवार देखी सुरु भएकाे हाे।

धर्नाको पहिलो दिन प्रदेश २ का प्रदेश सभा सदश्य राजपा नेता राम अशिष यादबले नेपाल भारतको धनुषा नाका तत्काल खोल्नु पर्ने बताए ।

धर्ना स्थल बिदेह नपा वार्ड नम्बर २ पुगेका नेता यादवले सिमा खुल्नु पर्ने धारना राख्दै एक्यवद्धता जनाएका हुन ।

जन जीवन सहज भएपनि धनुषा महोत्तरी लगायतका सीमा नाका के कति कारणले बन्द गरिएको हो भन्ने जबाब तत्काल संघीय सरकारले समुचित जबाब दिनु पर्ने जसपा नेता बिमलदेब बिराजीको तर्क छ ।

धर्नाको अगुवाई जनता समाजवादी पार्टीका केन्द्रीय सदश्य राजीव झाले गरेका हुन्। झा नेपाल भारत खुला सीमा संवाद समूहका संयोजकको भूमिकामा पनि हुनुहुन्छ ।

संक्रमण बढ़न नदिन संघीय सरकारले हाल धनुषा र महोत्तरी जिल्लाको भारतीय सीमा नाका बन्द गरेको हो । बंद भएको नाका बाट अहिले पैदल यात्री आवात जावत गरेपनी सवारी साधन भने चलेको छैन ।

Facebook Comments