लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या सोमबार साँझसम्म ५२ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप २१३ जना नयाँ कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ।
यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५२ हजार १४७ पुगेको हो । तर कोरोना संक्रमणका कारण मृत्यु भएको गरिएको मृत्यु दर्ता प्रमाणपत्रको आधारमा भने मृतक संख्या ६१ हजार ६४८ पुगेको छ ।
यसैगरी बेलायतमा कोरोना संक्रमितको संख्या पनि १३ लाख ९० हजार ६८१ पुगेको छ । सोमबार सांझा सार्वजनिक तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा थप २१ हजार ३६३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । २४ घन्टामा करिब २ लाख ८३ हजार ८६६ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
यसैगरी पछिल्लो २४ घन्टामा थप एक हजार ८४३ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका छन् भने एक हजार ३५५ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ । हाल १४ हजार ९१५ जनाकोरोना संक्रमितको हस्पिटलमा उपचार भइरहेको छ ।
Facebook Comments