डाक्टर केसीलाई कोरोना संक्रमण

काठमाडाैं । चिकित्सा शिक्षा सुधारकाे माग राख्दै आएका डाक्टर गोविन्द केसीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।

डा. केसीलाई ज्वरो र श्वासप्रश्वासमा समस्याका साथै सामान्य खोकी पनि लागिरहेको सुवेदीले बताए ।

डाक्टर केसीको अहिले शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । चिकित्सा शिक्षा सुधारको माग गर्दै केसीले अभियान चलाइ रहेका छन् ।

Facebook Comments