अभिनेता आसिफ बासरा मृत भेटिए

एजेन्सी । बलिउड अभिनेता आसिफ बासरा मृत भेटिएका छन् ।

मृत भेटिएका बासराले चर्चित वेभ सिरिज पाताल लोक तथा बलिउड चलचित्र ‘काई पो चे’ मा अभिनय गरेका थिए ।

५३ वर्षीय बासरा धरमसालास्थित प्राइभेट कम्प्लेक्समा मृत फेला परेको स्थानीय प्रहरीलाई उदृत गर्दै भारतीय सन्चार माध्यमले जनाएका छन् ।

बासराले ‘जब वी मेट’, ‘ वन्स अपन अ टाइम इन मुम्बई’, ‘क्रिस थ्री’, ‘एक भिलेन’लगायत चर्चित फिल्महरुमा पनि अभिनय गरेका छन्। प्रहरीले प्रारम्भिक रुपमा बास्राले आत्महत्या गरेको हुन सक्ने आशंका गरेको छ।

Facebook Comments