अभिनेता आसिफ बासरा मृत भेटिए

एजेन्सी । बलिउड अभिनेता आसिफ बासरा मृत भेटिएका छन् ।

मृत भेटिएका बासराले चर्चित वेभ सिरिज पाताल लोक तथा बलिउड चलचित्र ‘काई पो चे’ मा अभिनय गरेका थिए ।

५३ वर्षीय बासरा धरमसालास्थित प्राइभेट कम्प्लेक्समा मृत फेला परेको स्थानीय प्रहरीलाई उदृत गर्दै भारतीय सन्चार माध्यमले जनाएका छन् ।

बासराले ‘जब वी मेट’, ‘ वन्स अपन अ टाइम इन मुम्बई’, ‘क्रिस थ्री’, ‘एक भिलेन’लगायत चर्चित फिल्महरुमा पनि अभिनय गरेका छन्। प्रहरीले प्रारम्भिक रुपमा बास्राले आत्महत्या गरेको हुन सक्ने आशंका गरेको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.