नेपालमा थप १५ जनाकाे काेराेना संक्रमणबाट मृत्यु

काठमाडाैं । नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट थप १५ जनाकाे मृत्यु भएकाे छ ।

याेसँगै नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार १ सय ८९ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

यस्तै नेपालमा आज थप १ हजार ९१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४ हजार २४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा २ हजार ३४९ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ रहेको छ ।

Facebook Comments