कोरोना संक्रमित प्रदेश २ का डीआइजी सिंह प्रहरी अस्पताल भर्ना

काठमाडौं । प्रदेश नम्बर-२ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) धीरजप्रताप सिंह अस्पताल भर्ना गरिएकाे छ ।

कोरोना संक्रमण देखिएपछि सिंह नेपाल प्रहरी अस्पतालमा भर्ना भएका हुन।

कोरोना परीक्षणका लागि सोमबार स्वाब दिइएकोमा मंगलबार सिंहको कोरोनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

मंगलबार कोरोना पुष्टि भएसँगै सिंहलाई उपचारका लागि जनकपुरबाट काठमाडौंस्थित प्रहरी अस्पताल ल्याइएकाे हाे ।

सिंहलाई खोकीको समस्या भएपनि स्वास्थ्य सुधारोन्मुख र अवस्था सामान्य रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Facebook Comments