नेकपाकाे विवादमा चिनियाँ दूतावासले देखायाे चासाे

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवादमा चिनियाँ दूतावाले चासाे देखाएकाे छ।नेकपाको आन्तरिक विवाद बल्झिएर फुटको स्थितिमा पुगेको बेला चिनियाँ दूतावाले चासाे देखाएकाे हाे ।

चिनियाँ कम्युनिस्ट पार्टीकै निर्देशनमा एकता भएको भनिएका तत्कालीन एमाले र तत्कालीन माओवादीबीच अहिले फुटको स्थिति सिर्जना भएपछि चिनियाँ दूतावासले विवाद मिलाउन विभिन्न रणनीति अपनाइ रहेकाे छ।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई अब अलग-अलग बाटो जानुपर्ने प्रस्ताव गरेपछि पूर्वमाओवादी शसंकित बनेको हो । यही अवस्थामा पार्टी एकतालाई जोगाउन चिनियाँ एजेन्टहरु, चीन समर्थित व्यापारीहरु र चिनियाँ कूटनीतिज्ञहरुले नेकपाका नेताहरुबीचको संवादलाई सघन बनाएका छन् ।

स्राेतका अनुसार व्यापारी र कूटनीतिज्ञहरुले चिनियाँ दूतावासको सन्देश ओली र प्रचण्डलाई पुर्‍याउने र अहिलेको पार्टी फुटको स्थितिबाट जोगाउन लागि परेका छन् । उनीहरुले यही दोस्रो तहका नेताहरुलाई भेटेर समेत चीनले अहिले पार्टी फुटाउन नहुने दबाब दिएको सन्देश प्रवाह गरिरहेका छन् । यसका साथै उनीहरुले माओवादी नेतासमेत रहेका उपराष्ट्रपति नन्दबहादुर पुन, रामबहादुर थापा बादल, कृष्णबहादुर महरा, अग्‍नी सापकोटालगायतलाई दबाब दिएर पार्टी फुट्‌नबाट जोगाउने प्रयास गरिरहेका छन्।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.