काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवादमा चिनियाँ दूतावाले चासाे देखाएकाे छ।नेकपाको आन्तरिक विवाद बल्झिएर फुटको स्थितिमा पुगेको बेला चिनियाँ दूतावाले चासाे देखाएकाे हाे ।
चिनियाँ कम्युनिस्ट पार्टीकै निर्देशनमा एकता भएको भनिएका तत्कालीन एमाले र तत्कालीन माओवादीबीच अहिले फुटको स्थिति सिर्जना भएपछि चिनियाँ दूतावासले विवाद मिलाउन विभिन्न रणनीति अपनाइ रहेकाे छ।
नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई अब अलग-अलग बाटो जानुपर्ने प्रस्ताव गरेपछि पूर्वमाओवादी शसंकित बनेको हो । यही अवस्थामा पार्टी एकतालाई जोगाउन चिनियाँ एजेन्टहरु, चीन समर्थित व्यापारीहरु र चिनियाँ कूटनीतिज्ञहरुले नेकपाका नेताहरुबीचको संवादलाई सघन बनाएका छन् ।
स्राेतका अनुसार व्यापारी र कूटनीतिज्ञहरुले चिनियाँ दूतावासको सन्देश ओली र प्रचण्डलाई पुर्याउने र अहिलेको पार्टी फुटको स्थितिबाट जोगाउन लागि परेका छन् । उनीहरुले यही दोस्रो तहका नेताहरुलाई भेटेर समेत चीनले अहिले पार्टी फुटाउन नहुने दबाब दिएको सन्देश प्रवाह गरिरहेका छन् । यसका साथै उनीहरुले माओवादी नेतासमेत रहेका उपराष्ट्रपति नन्दबहादुर पुन, रामबहादुर थापा बादल, कृष्णबहादुर महरा, अग्नी सापकोटालगायतलाई दबाब दिएर पार्टी फुट्नबाट जोगाउने प्रयास गरिरहेका छन्।
Facebook Comments