गण्डकीमा १६६ जना कोरोना संक्रमित थपिए, थप एक जनाको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा मंगलबार १६६ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा तनहुँको भिमाद नगरपालिका-९ का ६३ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११२ पुगेको छ।

प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या नौ हजार ५२१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए।

प्रदेशमा हालसम्म चार हजार ९६५ जना निको भएका छन् भने सक्रिय संक्रमितको संख्या चार हजार ४४४ पुगेको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.