मंगलबार थपिए २७ सय ३६ कोरोना संक्रमित, ८५३ जना डिस्चार्ज

काठमाडौं । नेपालमा आज थप २ हजार ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २ हजार ७३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

यस्तै बितेको २४ घण्टामा ८५३ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ६० हजार ५७७ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ हजार १ सय ४८ पुगेको छ।

यस्तै हिजाे साेमबार २ हजार ५७१जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे थियाे ।

Facebook Comments