साथीको हत्या गरी फरार भएका अभियुक्त पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले साथीको हत्या आरोपमा एक जनालाई पक्राउ गरेकाे छ ।

१५ महिना अगाडि साथीकाे हत्या गरेर फरार रहेकाे आरोपमा मकवानपुर गढी गाउँपालिका-१ का २८ वर्षीय मानकुमार थिङलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

ललितपुर बालकुमारी डेरा गरी बस्ने उदयपुर कटारी नगरपालिका–२ गरास घर भएका साथी ३३ वर्षीय हरि खड्काको २०७६ साउन २८ गते हत्या गरी फरार रहेको भन्दै उनलाई सोमबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिं राठौरले जानकारी दिए ।

उनका अनुसार महानगरीय अपराध महाशाखा बानेश्वरबाट खटिएको प्रहरी टोलीले उक्त घटनामा संलग्न थिङलाई मकवानपुर गढी गाउँपालिका–१ ठाँटीटोलबाट पक्राउ गरेको हो । ललितपुर महानगरपालिका–९ गुहे पोखरीमा खड्काको हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।

खड्का र थिङबीच करिब ९ वर्ष अगाडिदेखि मूर्ति बनाउने काम गर्ने क्रममा एकआपसमा चिनजान भइ खड्काकी पत्नीसँगसमेत थिङको चिनजान भइ मोबाइलमा म्यासेज आदानप्रदान भएपछि भएको विवादपश्चात् उक्त घटना भएको हो ।

म्यासेजको कुरा खड्काले थाहा पाएपश्चात उनीहरुबीच विवाद भएकोमा २०७६ साउन २५ गते ललितपुर महानगरपालिका–९ गुहेपोखरीमा खड्कालाई बोलाएर थिङ समेतका व्यक्तिहरुले कुटपिट गरी हत्यापश्चात फरार भएको प्रहरीले जनाएको छ ।

प्रहरीले यसअघि नै घटनामा संलग्न आरुष थिङ, मृतक खड्काकी पत्नी विष्णु खड्का, दीपक बम्जन, राम बम्जन र सागर वाइवालाई पक्राउ गरिसकेको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.