स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि अस्पताल सिल

लहान । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सिरहाको लहानस्थित फ्रेन्ड्स मोडेल अस्पताल सिल गरिएको छ । अस्पतालमा कार्यरत ३० वर्षीया ल्याब टेक्निसियन र अर्का २८ वर्षीय स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको हो ।

यही कात्तिक १९ गते लहान नगरपालिकाले ४० जनाको निःशुल्क स्वाब सङ्कलन गरी पिसीआर परीक्षण गर्दा अस्पतालका दुई स्वास्थ्यकर्मीसहित २० जनाको रिपोर्ट पोजेटिभ आएका नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले जानकारी दिए ।

संक्रमित सबै होम आइसोलेसनमा रहेको जनाइएको छ । सङ्क्रमण पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको कार्य भइरहेको प्रमुख यादवले बताए ।

आगलागीमा १५ लाखको क्षति

सिरहाको भगवानपुर गाउँपालिका–१ सिनुरियामा गए राति आगलागी हुँदा १५ लाखभन्दा बढीको क्षति भएको छ । विद्युत चुहावट भई आगलागी हुँदा स्थानीय श्रीप्रसाद साह र पशुपति साहको पाँच वटा घर, घरमा रहेको सुनचाँदीको गरगहना, अन्नपात, फर्निचरलगायतका समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

लहान नगरपालिकाबाट गएको वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा आएको जनाइएको छ । रासस

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.