पछिल्लो २४ घण्टामा २८१२ जना कोरोना संक्रमित संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ८ सय १२ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

यो सँगै नेपालमा १ लाख ५७ हजार ९ सय २६ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संखया ८१ दशमलभ १ प्रतिशत रहेको छ।

मन्त्रालयका अनुसार १२ हजार ३ सय ११ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १५ लाख ४० हजार ७७ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार १ हजार १ सय ४९ जना क्वारेन्टाइनमा छन्। नेपालमा ३५ हजार ४ सय १९ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

Facebook Comments