नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार १ सय ८ पुग्याे

काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणबाट थप २१ जनाकाे मृत्यु भएकाे छ ।

याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या ११ सय ८ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार देशभर आज २ हजार ८ सय १७ संक्रमित थपिएका छन् । योसँगै संक्रमित कुल संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २८१२ जना रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५७ हजार ९२६ रहेको छ ।

यस्तै  आज काठमाडौं उपत्यकामा थप १ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये काठमाडौंमा १ सय २ सय ९४, भक्तपुरमा ७७ र ललितपुरमा १ सय ६२ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

Facebook Comments