उपत्यकामा १३९८ कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा १ हजार ३९८ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ६०१ महिला र ७९७ पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा मात्र हालसम्म १६ हजार ३३१ सक्रिय कोरोना भाइरस सक्रमित रहेका छन् भने २५९ जनाको मृत्यु भएको छ ।

त्यसैगरी भक्तपुरमा हालसम्म एक हजार २४८ जना सक्रिय संक्रमित रहेका छन् भने ६९ जनाको मृत्यु भएको छ । ललितपुरमा दुई हजार २७६ सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ६५ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

काठमाडौंमा ११ हजार ३५९ होम आइसोलेसनमा छन् भने भक्तपुरमा एक हजार ७३० र ललितपुरमा एक हजार ८९१ जना होम आइसोलेसनमा रहेका छन् ।

Facebook Comments