बिहीबार देशभर थपिए ३ हजार ५१ कोरोना संक्रमित

काठमाडौं । नेपालमा आज थप ३ हजार ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

यस्तै बितेको २४ घण्टामा ३ हजार ४३० जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ हजार ५२ पुगेको छ।

हिजो बुधबार ३ हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

Facebook Comments