‘२२ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलियो’

काठमाडौं । स्वास्थ्य मन्त्रालयले विभिन्न २२ जिल्लामा डरलाग्दो गरी कोरोनाभाइरसको संक्रमण फैलिइरहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा संक्रमणदर डरलाग्दो गरी फैलिरहेको बताएका हुन् ।

स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर उपचार गर्न श्यया उपलब्ध गराउन नसकिने अवस्था आइसकेको भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड पालनामा सबै पक्षलाई आग्रह गरेको छ ।

मन्त्रालयले भनेको छ, ‘संक्रमण रोकथाममा जनस्वास्थ्यका मापदण्डहरु (मास्क लगाऔँ, भौतिक दुरी कायम गरौं, बेलाबेलामा साबुनपानीले हात धोऔँ) नै उत्तम उपाय हुन् । कुनै पनि मार्गबाट देश विदेश जाने आउने वा आन्तरिक बाह्य पर्यटनका लागि कहीँ कतै जाने कामहरु पूर्णरुपमा नगर्न नगराउन हुन, कुनैपनि सार्वजनिक स्थलहरुमा जाने भिडभाड गर्ने गराउने कामहरु बन्द गर्न अत्यन्त जरुरी छ।’

मन्त्रालयले देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमणमा फैलिरहेको यो अवस्थामा सबैलाई संवेदनशील बनिदिन अपील गरेको छ ।

er_91jJVurykL.jpg

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.