खोप लगाएकालाई ओमिक्रोन लागे के हुन्छ?

काठमाडौँ । नेपालमा अहिले कोभिड-१९ संक्रमितको संख्या बढ्दो क्रममा छ। हामीले यसभन्दा अगाडि दुई वटा कोभिड-१९ लहरहरुलाई झेलेका छौं। पहिलो लहर कोभिड-१९ भाइरस र दोस्रो लहर डेल्टा भाइरस। यी भाइरसले धेरै मानिसलाई गाह्रो बनायो। ठूलो क्षति पनि भयो। विस्तारै कम हुँदै थियो।

त्यसपछि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन स्वरुप परिवर्तन गरेर आयो। पहिलोपटक आएको भाइरसभन्दा दोस्रोपटक आएको डेल्टा भाइरसले धेरैलाई संक्रमित बनायो। पहिलोमा एक जनालाई संक्रमण भयो भने २ जनालाई दोस्रोले १ जनाले ५ जनालाई संक्रमण बनाउँथ्यो। तेस्रोपटक आएको ओमिक्रोनले एक जनाबाट १० जनासम्मलाई सार्दो रहेछ। हाम्रो पनि अरु देशसँग आवतजावत छ। नेपालमा पनि ओमिक्रोन भेरियन्ट देखिएको छ। यदी हामीले जनस्वास्थ्यको मापदण्ड पालना गर्‍यौं भने यसले व्यापक रुप नलिएला।

ओमिक्रोन भेरियन्ट नेपालमा पनि देखिएको छ। यो व्यक्तिबाट व्यक्तिमा सर्ने रोग हो। मास्कको समुचित प्रयोग, भौतिक दूरी कायम गर्ने र व्यक्तिगत सरसफाई गरेपछि धेरै कम हुन्छ। यो हावाबाट एक अर्कामा सर्ने चान्स हुने हुनाले जसरी सर्छ त्यसरी सर्दैन जनस्वास्थ्यका मापदण्ड पालना गरेपछि, भिडभाड पनि गर्नुहुँदैन। खोक्दा, हाछ्यौं गर्दा भाइरस सर्छ।

भ्याक्सिन पनि जोखिमबाट बच्ने उपाय हो। भ्याक्सिनले भाइरल लोड कम गराउँछ। एक अर्कामा सर्ने मौका कम भएर जान्छ। भाइरस लागे पनि लक्षणविहीनको संक्रमण हुन्छ। जसले गर्दा संक्रमणको संख्या कम हुन जान्छ। हामीले हेलचेक्र्याई गर्‍यौं भने यो भाइरस व्यापक हुन्छ।

ओमिक्रोन भेरियन्टका लक्षण र जटिलता
अहिलेसम्मको अनुसन्धान हेर्दा ओमिक्रोन भेरियन्ट पहिलेको भाइरसभन्दा के फरक छ भने माथिल्लो श्वासप्रश्वास प्रणाली जुन छ, श्वास नलिमा इन्फेक्सन गराउँछ। रुघा बढी लगाउँछ। पहिलेको डेल्टा भाइरसले फोक्सोमा असर पुर्‍याउन सक्थ्यो। निमोनिया गराउँथ्यो। ओमिक्रोनको लक्षण भनेको रुघा लाग्नु, जिउ दुख्नु, टाउको दुख्नु, ज्वरो आउनु हो। जसले भ्याक्सिन लगाएको छ त्यसलाई अफ्ठेरो बनाउने कम चान्स हुन्छ। माइल्ड इन्फेक्सन (हल्का संक्रमण) गराउँछ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.