चार्टर्ड उडानमा भएकाे अनियमितता छानबिन गर्न समिति गठन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोरोना महामारीको समयमा खाडी देशमा काम गर्ने नेपाली श्रमिकको हवाई उद्धार गर्न गरिएको चार्टर्ड उडानमा भएको अनिमियताका विषयमा छानबिन गर्न समिति गठन भएको छ ।

आज बिहीवार मन्त्रालयका सहसचिव होमप्रसाद लुईँटेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिका सदस्यहरूमा मन्त्रालयका उप सचिव टेकनारायण पौडेल र नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर रहेका छन् ।

गठन भएको समितिले भोलि शुक्रबारदेखि काम सुरु गर्ने संयोजक लुईँटेलले जानकारी दिए । ‘कोरोना महामारीको समयमा खाडी देशमा काम गर्ने नेपाली श्रमिकको उद्धार गर्न गरिएको चार्टर फ्लाइटमा भएका अनियमतिताका बारेमा छानबिन समिति बनेको छ, समितिले भोलिदेखि काम थाल्नेछ, उनले भने ।’

कोरोना महामारी (कोभिड–१९) को समयमा गरिएको चार्टर्ड उडानमा व्यापक अनियमितता भएको भन्ने गुनासो आएपछि मन्त्रालयले छानबिन समिति गठन गरेको हो । यो समितिलाई १० दिनभित्रमा प्रतिवेदन पेस गर्न समय तोकिएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.