बलात्कार मुद्दाका फरार अभियुक्त ७ बर्षपछि पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बलात्कार मुद्दाका फरार अभिुयुक्तलाई ७ बर्ष पछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मायादेवी गाउँपालिका वडा नम्वर ३ खैरेनीका ३३ बर्षीय कमलेश यादव रहेका प्रहरीले जनाएकाे छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी नवराज अधिकारीका अनुसार २०७१ साल माघ २५ गते कपिलवस्तु जिल्ला अदालतले निजलाई जबरजस्ती करणी मुद्धामा २ बर्ष ६ महिना कैद फैसला गरेकाे थियाे ।

तर उनी फरार रहेका थिए । अब बाँकी सजाय भुक्तानकाे लागि कारागार चलान गरिने प्रहरीले जनाएकाे छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.