सभामुख नगएपछि संवैधानिक परिषद् बैठक स्थगित

काठमाडौं । संवैधानिक परिषदको बैठक स्थगित भएकाे छ। सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि म‌ंगलबार बिहान डाकिएको सं‌वैधानिक परिषद् बैठक अब साँझ ५ बजे बस्नेछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको परिषदको बैठकमा सभामुख सापकोटा अनुपस्थित भएपछि साँझ बस्नेगरि स्थगित भएकाे हाे ।

सभामुख सापकोटा अनुपस्थित भएपनि परिषदकाे बैठक केहिबेर बसेकाे थियाे । पर्याप्त तयारी नपुगेको भन्दै सभामुख सापकाेटा बैठकमा उपस्थित नभएको उनीनिकट स्रोतले बताउछ ।

बैठकमा प्रधान न्यायाधीश चाेलेन्द्र शमसेर जबरा, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमल्सिना सहभागी छन्। गत आइतकाे बैठकमा देउवा अनुपस्थित भएपछि औपचारिक रूपमा बैठक नबसी स्थगित भएको थियो ।

संवैधानिक आयोगमा प्रधानमन्त्री तथा परिषद् अध्यक्ष ओलीले एकलौटी रूपमा आफूनिकटका व्यक्तिहरूलाई नियुक्तिका लागि सिफारिसको तयारी गरेकाले सभामुख साक्षी बस्न नजाने उनीनिकटका व्यक्तिहरूले बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोगलगायत विभिन्न संवैधानिक आयोगमा ४५ सिटमा नियुक्तिका लागि परिषद्को बैठक राखिएको हो । यसअघि आइतबार बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता देउवा पनि गएका थिएनन् । उक्त बैठकमा सभामुख सापकोटा पनि अनुपस्थित थिए ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.