सम्पत्ति शुद्धिकरणका डिजीसहित ३१ सहसचिवको सरुवा (सुचीसहित)

काठमाडौं। सरकारले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक (डिजी)सहित ३१ सहसचिवको सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक रूपनारायण भट्टराई तथा  राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीको सरुवा गरेको छ । भट्टराईलाई राष्ट्रपति कार्यालय पठाईएको छ भने मैनालीलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव खगेन्द्रप्रसाद रिजाल र शिवकुमार कार्कीलाई गृह मन्त्रालय पठाइएको छ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका छविलाल रिजाललाई गृह मन्त्रालयमा पठाइएको छ। लगानी बोर्डका धमेन्द्र कुमार मिश्रलाई मधेसी आयोगमा सरुवा गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश नं २ का सचिव भूपाल बराललाई लगानी बोर्डमा पठाइएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ल्याइएको छ। यातायात व्यवस्था विभागका गोगनबहादुर हमाल सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।

यस्तै, रक्षा मन्त्रालयका राम प्रसाद आचार्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका आनन्द काफ्लेलाई अर्थ मन्त्रालय, अर्थ मन्त्रालयको गजेन्द्र ठाकुरलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ।

यस्तै, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव घनश्याम उपाध्यायलाई गृह मन्त्रालयमा तानिएको छ। यस्तै, अख्तियारका प्रकाश पौडेललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ।

गृह मन्त्रालयका रमेश न्यौपानेलाई खानेपानी मन्त्रालय, खानेपानीका रितेश कुमार शाक्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ।

सामान्य प्रशासन मन्त्रालयका ऋषि तिवारीलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, गृह मन्त्रालयका पुण्य विक्रम पौडेललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कर्णाली प्रदेश, गृह मन्त्रालयका अर्जुनकुमार शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालयका उमेश बस्नेतलाई विराटनगर महानगर पालिकाकामा सरुवा गरिएको छ।

सुचीसहित हेर्नुहोस् :

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.