महिलालाई टर्की पुर्‍याई अलपत्र पार्ने दुई जना पक्राउ

काठमाडौं। दुई महिलालाई टर्की पुर्‍याई अलपत्र पार्दै मानव बेचबिखन गर्ने कार्यमा संलग्न रहेका २ जना अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं तारकेश्वर नगरपालिका जरंखु डेरा गरी बस्ने गोरखा गोरखा नगरपालिका-१ घर भएका जिवन भट्ट र काठमाडौं माछापोखरी डेरा गरी बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका-४ घर भएकी पूर्णिमा सिर्पाली बस्नेत रहेका छन्।

बस्नेतले पीडितहरुलाई टर्कीमा राम्रो रोजगारीको प्रलोभन देखाई १० लाख रुपैंया लिए पश्चात् सम्पर्क बिहिन भएको र केही समय पश्चात सम्पर्कमा आएपछि पीडितहरुले विदेश जाँदैनौ भन्दै पैसा फिर्ता माग्दा नदिई टिकट लगायतका कागजातहरु बापत ५३ हजार रुपैंया लिई गत असोज २२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्किस एअरलाईन्सद्वारा टर्की पुर्‍याएकी थिइन् ।

टर्कीमा बस्नेतको बुवाले काममा लगाई दिन्छु भनि आश्वासन दिई ३ हप्‍ता आफ्नै कोठामा  बन्धक बनाई राखेको र छोरीलाई टर्कीको बोर्डरमा पुर्‍याई २ हजार लिरामा अन्य व्यक्तिलाई बिक्री गरेको थाहा पाएपछि दूताबासको समन्वयमा उनीहरु नेपाल फर्किएका थिए ।

छोरी गत मंसिर ८ गते र आमा गत पुस २६ गते नेपाल फर्किए पश्‍चात उनीहरुले दिएको जाहेरीको आधारमा उक्त ब्यूरोबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.