चिनियाँ भूभागबाट आएको बाढीले रसुवाको मितेरी पुल बगायो

रसुवा । मंगलवार बिहान ३ बजे चिनियाँ भूभागबाट आएको बाढीले रसुवागढीस्थित मितेरी पुल बगाएको छ ।

चीनतर्फबाट आएको बाढीले रसुवास्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाएपछि सुख्खा बन्दरगाह मा रहेको भन्सार हुन राखिएकाे कन्टेनर लगायत विद्युतीय साना ठुला ईभिगाडि सयाैकाे संख्यामा रहेका संरचना नष्ट भएका छन्।

सुख्खा बन्दरगाह नष्ट भएकाे छ सो क्षेत्रमा पनि बाढीले क्षति पुर्‍याएको छ । त्यहाँ जाँचपासका लागि राखिएका गाडीहरू पनि बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

त्यहाँबाट वगेकाेबाढीले थप हानि नहाेस भन्नका लागि उच्चस्तरीय सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ ।थप विवरण आउन वाकी छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.