रुपा सुनारलाई कोठा नदिएको आरोपमा पक्राउ परेकी प्रधान मन्त्रीको रोहबरमा रिहा

काठमाडौं । दलित युवती भन्दै रुपा सुनारलाई कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधान प्रहरी हिरासतबाट मुक्त भएकी छन्। प्रधानलाई गत ६ असारमा सिंहदरबार प्रहरी वृत्तले बबरमलस्थित निवासबाटै पक्राउ गरेको थियो।

तर, आज उनी शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको रोहबरमा कानुनी प्रक्रिया पुर्याएर प्रहरीबाट छुटेकी हुन। प्रहरीले प्रधानई तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो।

प्रहरीले अनुसन्धान फाइल जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएकोमा सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेको भन्दै मुद्दा प्रहरीलाई नै फिर्ता गरेको हो।त्यसपछि उनी छुटेकी हुन। प्रधान छुटेपछि उनका समर्थकहरुले प्रहरी कार्यालयभित्रै रुपा सुनारलाई कारबाही गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए।

मन्त्री श्रेष्ठकै गाडीमा प्रधानआफ्नो घर बबरमहल पुगेकी थिइन। प्रधानविरुद्ध २४ वर्षीया पत्रकार रुपा सुनारले प्रहरीमा उजुरी दिएकी थिइन्। धानविरुद्ध जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन २०६८ अनुसार रुपा सुनारले जाहेरी दिएकी थिइन ।

रुपाले घरबेटी प्रधानले सबै कुरा मिलेपछि कोठा भाडामा दिनुअघि जात सोधेको आरोप लगाएकी थिइन । आफुले दलित समुदायको भनेर जानकारी दिएपछि प्रधानले भाडामा राख्न इन्कार गरेको रुपाले जाहेरीमा उल्लेख गरेकी छन्।

यता, आजै घरबेटी सरस्वती प्रधानको विषयलाई लिएर नेवा समुदाय आन्दोलित बनेको छ । केही नेवा समुदायका अगुवा बताउनेहरुले विभिन्न ब्यानरसहित राजधानीको बबरमहलमा प्रदर्शन गरेका थिए ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.