पछिल्लो २४ घण्टामा ३ हजार ५५८ संक्रमित निको

काठमाडौं । पछिल्लो आज देशभर ३ हजार ५५८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। हालसम्म ५ लाख ६८ हजार ४४० जना संक्रमित निको भइसकेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ४१४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा २ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ४६१ जना पिअिसार परीक्षण गर्दा १ हजार ५११ र ४ हजार ९५३ जनाको एन्टीजेन परीक्षण गर्दा ९१० जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५० हजार ५२० पुगेको छ।

पछिल्लो २४ घण्टामा ५२ जना संक्रमितको मृत्यु भएको छ। त्यसबाहेक अन्य समयमा २९ जनाको मृत्यु पनि कोरोना संक्रमणको कारण भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै हालसम्म ८ हजार ८९४ जना संक्रमितको मृत्यु भएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.