नेपालको भूमि आफ्नो क्षेत्रमा देखाएको भन्दै चीनको नयाँ नक्साप्रति अभियानको आपत्ति

काठमाडौं । चीनले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूमि चिनियाँ क्षेत्रमा देखाएको भन्दै विरोध भइरहेको छ। उक्त नक्सामा नेपालको हुम्ला, रसुवा र सिन्धुपाल्चोक जिल्लाको कतिपय क्षेत्रलाई चिनियाँ क्षेत्रमा देखाइएपछि विरोध भएको हो।

यता, नेपालकै कतिपय क्षेत्रसमेत चीनले आफ्नो नक्सामा समावेश गरेको भन्दै विरोध सुरु भएको छ। राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले हुम्लाको भागीदारे नदी क्षेत्रमा ६ हेक्टर र कर्णाली नदीको चार हेक्टर जमिन चीनले आफ्नो नक्सामा देखाएको आरोप लगाए।

उनका अनुसार रसुवाको सान्जेन नदी, भुरजंग नदी र जम्बु खोलाको ६ हेक्टर जमिन तिब्बतको केरुङ क्षेत्रमा पारिएको छ भने सिन्धुपाल्चोकको खराने खोला र भोटेकोसी क्षेत्रको ११ हेक्टर जमिन तिब्बतको न्यालाम क्षेत्रमा पारिएको छ।

गोरखाको रुई र तेघागाउँ तिब्बततिर पारिएको भन्दै उनले चीनको नयाँ नक्साको विरोध गरेका छन्। सङ्खुवासभाको पनि ९ हेक्टर भूमि चीनको भूभागमा परेको भन्दै कामुखोला, अरुण खोला र सुम्जंग खोला पनि अहिले चीनको तिङगिस्यन काउन्टीमा परेको उनले बताए।

यसरी चीनले देखादेखी नेपालको भूमिलाई आफ्नो भूमि भन्दै नक्सा जारी गर्दा पनि सरकार र राजनीतिक दलका नेताहरू चुपचाप बसेको भन्दै उनले असन्तुष्टि जनाएका छन्।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.