निजामती विधेयक छानबिनको नेतृत्व कांग्रेसलाई दिइएपछि रास्वपाको आपत्ति

काठमाडौं । निजामती विधेयकको ‘कुलिङ पिरियड’ प्रकरणमा गठित छानबिन समितिको नेतृत्व नेपाली कांग्रेसले पाएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले तीव्र असन्तुष्टि व्यक्त गरेको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै रास्वपाका प्रवक्ता मनिष झाले, जस दलसँग सम्बन्धित नेतामाथि नै प्रश्न उठेको छ, त्यसै दलले छानबिन समितिको नेतृत्व गर्नु नैतिक रूपमा अनुपयुक्त भएको टिप्पणी गरेका हुन् ।

“जुन दलसँग सम्बन्धित नेतामा औंला उठेको थियो, त्यसै दलले समितिको नेतृत्व गर्ने भन्ने कुरा यथोचित होइन,” झाले भने, “पहिला तपाईंहरू स्वयंले त्यसो नगर्ने कुरा गर्नुभएको थियो, आज त्यो कुरा बिर्सिँदै हुनुहुन्छ।”

उनले समितिको नामकरणमा समेत आरोपित व्यक्तिको नाम जोडेर हुनुपर्ने माग पहिले उठाइएको स्मरण गराउँदै, अहिले त्यसबारे मौनता देखाउनु आश्चर्यजनक रहेको बताए।

रास्वपाले निष्पक्ष छानबिनका लागि सम्बन्धित दलभन्दा बाहिरका नेताको नेतृत्व आवश्यक रहेको अडान लिँदै आएको छ । तर सत्तारूढ गठबन्धनले कांग्रेसकै नेतृत्वमा समिति गठन गरेपछि विवाद झनै चर्किएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.