‘चीनले नेपालमाथि विभिन्न काेणबाट आँखा लगाइरहेकाे छ’

पाेखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरू बरालले चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास सम्भव नहुने बताउनु भएकाे छ ।

आइतबार पाेखरामा राष्ट्रिय एकता अभियानले आयाेजना गरेको ‘नेपालप्रति चिनियाँ अभ्यास र असर’ विषयक विचार-गोष्ठीमा बाेल्दै उहाँले चीनले पछिल्लाे समय नेपालमाथि विभिन्न काेणबाट आँखा लगाइरहेकाे टिप्पणी गर्नुभयाे ।

उहाँले भन्नुभयाे,’कहिले चीनका लागि नेपाली राजदूतकाे ओहाेदा प्रमाण पत्र नबुझिदिने त कहिले काठमाडाैंमा रहेकाे चिनियाँ दूतावासमार्फत चीनले नेपालकाे आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न लगायतकाे काम गरिरहेकाे छ।’

उहाँले चीनकाे विस्तारवादी नीतिलाई हामी सबै जना मिलेर नराेकेसम्म नेपालकाे विकास सम्भव नहुने दाेहर्‍याउनु भयाे ।

त्यस्तै गाेष्ठीमा सहभागी पूर्वमन्त्री मेकलाल श्रेष्ठले नेपलालाई श्रीलंका बनाउने रणनीतिमा चीन लागेकाे आराेप लगाउनु भयाे।

उहाँले भन्नुभयाे,’चीनले नेपाललाई श्रीलंका बनाउनु खाेजिरहेकाे छ, चीनले पाेखरा विमानस्थलमा लगानी गरेर विमानस्थल कब्जामा लिने षडयन्त्र गरिरहेकाे छ।’

त्यसैगरी समाजसेवी आनन्द राज मुलमीले चीनकाे विस्तारवादी नीतिविरुद्ध सबै जना एक जुट हुनुपर्नेमा जाेड दिनुभयाे । उहाँले चीनले बीआरआईमार्फत नेपाललाई ऋण जालमा पार्न विभिन्न काेणबाट कसरत गरिरहेकाे आराेप लगाउनु भयाे ।

उहाँले भन्नुभयाे,’चीनकाे विस्तारवादी नीतिलाई राेक्नु पर्छ, नेपाललाई चिनियाँ ऋणकाे जालमा फस्न दिनु हुँदैन।’

अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले चीनले पछिल्लाे समय नेपालकाे भूभाग पनि मिचेकाे समाचार पत्र पत्रिकामा पढिरहेकाे बताउनु भयाे । उहाँले चिनियाँ नागरिक नेपालमा अवैध गति गरेकाे देशकाे सुरक्षा नै खतरामा परेकाे बताउनु भयाे ।

कार्यक्रमको सहजीकरण समाजसेवी एवं नेपाली कांग्रेस स्याङजाका पूर्व सभापति बुद्धि राणाले गरेका थिए। हिन्दू स्वेमसेवक संघका व्यवस्था प्रमुख अनिल गुप्ता तथा हरिहरनाथ मुक्तिनाथ यात्राका प्रभारी अनूप कुमार अतिथिको रुपमा उपस्थित रहेका थिए ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.