उपेन्द्र यादवले रामसहाय यादवकाे राजनीतिक जीवन समाप्त पारे : बिजय गुप्ता

काठमाडाैं । उपेन्द्र यादवले आफ्नो निजी स्वार्थका लागि रामसहाय यादवको राजनीतिक जीवन गर्भ मै हत्या (भ्रुण हत्या ) गर्नु भएकाे बारा निवासी बिजय गुप्ताले बताउनु भएकाे छ ।

उहाँले समाजिक सञ्जालमार्फत भन्नुभयाे,’यस पटक नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवलाई दिल ख‍ोलेर एक हप्ता जति बधाई दिने गरौं । किन कि य‍ो जीवन भरी अब अर्को बधाई दिने दिन आउदैन।’

उहाँले थप्दै भन्नुभयाे, ‘यादव यो देशलाई नै चाहिएको एउटा सुक्ष्म राजनीतिक व्यक्तित्व हुनुहुन्थ्यो । वहाँ जस्तो निस्वार्थ, य‍ोग्य, सादगी, ईमानदारीता र सन्तोषी विचारका उदयमान नेता नेपालमा बहुत कमै पाइन्छन्।’

उहाँका अनुसार यादव भोलिको दिनमा जसपाको राष्ट्रिय अध्यक्ष पनि बन्न सक्नु हुन्थ्यो । उहाँले भन्नुभयाे,’उपप्रधानमन्त्री र प्रधानमन्त्री समेत बन्नसक्नुहुन्थ्य‍ो । तर उपेन्द्र यादवले आफ्नो निजी स्वार्थका लागि रामसहाय यादवको राजनीतिक जीवन गर्भ मै हत्या (भ्रुण हत्या) गर्नु भयो ।’