मेलम्चीमा फेरि बाढीले तीन तले घर बगायो

सिन्धुपाल्चोक । इन्द्रावती नदीको बाढीले मेलम्ची बजारको एउटा तीन तले घर बगाएको छ । मेलम्ची प्रहरीका प्रहरी निरीक्षक टिकाराम राईका अनुसार अविरल वर्षापछि असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीबाट जोगिएको उक्त घर निरन्तरको वर्षा र कटानका कारण बगेको हो ।

मेलम्ची -११ का गोपाल भनिने महेन्द्र दुलालको तीन तले घर नदी कटानको कारणले ढलेको राईले बताए । अहिलेसम्म मेलम्चीमा कुनै पनि व्यक्तिको घर ढलेको थिएन ।

प्रहरीका अनुसार गोपालका परिवार अन्तै कोठा लिएर बसेकाले सबै सुरक्षित छन् । असार १ गतेदेखि आएको बाढीले हेलम्बु र मेलम्चीमा ५ जनाको मृत्यु भएको छ, दर्जनौ बेपत्ता भएका छन् । त्यस्तै ४०० भन्दा बढी घर बिस्थापित भएका छन्।

वर्षाको कारण नदीमा पानीको बहाब बढिरहेकाले नदी आसपास र तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन इलाका प्रहरी कार्यलय मेलम्चीले आग्रह गरेको छ । बर्षा र पानीको वहाव बढ्न थालेपछि मेलम्चीका स्थानीयमा त्रास छाएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.