मृत्युदण्डको सजाय सुनाएपछि किन भाँच्छन् कलमको निभ ?

एजेन्सी । विश्वका धेरै देशहरुमा मृत्युदण्डको कानुन रहेको छ। केही देशहरुमा जब कुनै मुद्धामा मृत्युदण्डको सजाय सुनाइन्छ त्यसपछि कलमको निभ भाचिँन्छ।

भारतीय न्यायाधीशहरूले मृत्यदण्ड सुनाइसकेपछि प्रयोग गरिरहेको कलमको निभ भाँच्ने चलन छ।

मृत्युदण्डको सजाय विश्वका अन्य देशले पनि दिने गरेता पनि फैसलापछि कलमको निभ भाँच्ने चलन भने भारतमा मात्र रहेको छ। न्यायाधीशले त्यस्तो गर्नुमा धेरै कारणहरू रहेका छन्।

यस्तो छ कारण
कलमको निभलाई भाँच्नु धेरै कुराको प्रतीकात्मक कार्य हो। आफ्नो कलमबाट मृत्युजस्तो अन्तिम फैसला लेखेपछि त्यहीँ कलमले अरुको फैसला गर्न नहुने मान्यताका अनुसार न्यायाधीशहरू कसैको पनि मृत्युदण्डको सजाय सुनाइसकेपछि त्यो कलमको निभ भाँच्ने गर्दछन्।

कुनै पनि व्यक्तिको जीवन अन्त्यको फैसला आफ्नो कलमले गर्ने हुँदा सो कार्यको लागि शोक र दुःख चित्रण गर्न पनि निभ भाँच्ने गरिन्छ। मृत्युदण्डको फैसला नै अन्तिम सत्य हुने र त्यसलाई फेरि बदल्न नसकिने मान्यताको आधारमा पनि निभ भाँच्ने चलन रहेको छ।

न्यायाधीशहरूसँग मृत्युदण्ड जस्तो फैसलाको समीक्षा गर्ने र त्यसलाई परिवर्तन गर्ने अधिकार पनि नभएकाले कलमको निभ भाँच्ने गरिएको पनि कतिपय भारतीय मिडीयाहरूको तर्क रहेको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.