अन्ततः नायिका समान्था र नायक नागा चैतन्यले गरे सम्बन्ध विच्छेद

काठमाडौं । साउथ इन्डियन फिल्मका सुपरस्टार नागा चैतन्य र समन्था अक्किनेनीले डिभोर्स गरेका छन्। उनीहरुले ४ वर्षको वैवाहिक सम्बन्ध विच्छेद गरेको घोषणा गरेका हुन्।

एक विज्ञप्ति जारी गर्दै उनीहरुले आफूहरुले अब अलग हुने फैसला गरेको जानकारी दिएका छन्। साथै उनीहरुले यस मुद्दामा गोपनीयता दिन पनि सञ्चारमाध्यम समक्ष आग्रह गरेका छन्।

‘मैले र नागा चैतन्यले आफ्नो बाटोमा हिँड्नका लागि पति पत्नीको रुपबाट अलग हुने फैसला गरेका छौं। एक दशकभन्दा लामो मित्रता हाम्रो सम्बन्धको मुख्य हिस्सा थियो। साथै हामीलाई विश्वास छ कि हाम्रो बीचमा एक विशेष सम्बन्ध रहनेछ,’ सामन्थाले लेखेकी छिन्।

दुई चर्चित दक्षिण भारतीय कलाकारको सम्बन्ध विच्छेदबारे केही दिनदेखि नै भारतीय सञ्चारमाध्यमले समाचार बनाउँदै आएका थिए। सम्बन्ध विच्छेदको फैसलापछि समन्था र चैतन्यलाई अदालतमा परामर्श समेत दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यस सम्बन्ध विच्छेदपछि अभिनेत्री समन्थाले ५० करोड रुपैयाँ पाउने बताइएको छ।

समन्था अक्किनेनी र नागा चैतन्यले ६ अक्टोबर २०१७ मा गोवामा पहिले हिन्दू रीति रिवाज अनुसार र ७ अक्टोबरमा फेरि क्रिश्चियन रीति रिवाज अनुसार विवाह गरेका थिए। विवाहपछि समन्थाले आफ्नो नामको अगाडि अक्किनेनी जोडेकी थिइन्। जबकी सम्बन्ध विच्छेदपछि समन्थाले आफ्नो ट्वीटर ह्यान्डलबाट अक्किनेनी हटाएकी छन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.