माधव नेपाल प्रचण्डका पुच्छर हुन् : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपालमाथि फेरि खनिएका छन्। सोमबार मदन भण्डारीको ७० जन्मजयन्तिका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल प्रचण्डको पुच्छर भएर पछिपछि कुदेको बताए ।

उनले अहिले नेता नेपालले आफ्नो महत्व बढाइरहेको आरोप लगाए। ‘कहिले अध्यक्षको प्रस्ताव राखेको छ भन्छन्। एक ढंगले भन्ने हो भने प्रचण्डका पुच्छर हुन्। पुच्छर भएपछि जन्तु पूर्व फर्किए त्यो पश्चिमतिर हुन्छ। पछाडि पछाडिसँगै हुन्छ,’ प्रधानमन्त्री ओलीले भने।

केही दिनअघि नेता नेपालले आफूलाई ओली पक्षकाले प्रधानमन्त्री अफर गरेको भए पनि सहयात्री दललाई धोका दिएर आफूले ओलीको प्रस्ताव नस्वीकार्ने बताएका थिए।

ओलीले नेपालको उक्त कुरालाई धाकको संज्ञा दिएका छन्। ‘माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ताका हुन्। अहिले धाक् के लगाएर हिँडेका छन्- केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो भनेर,’ प्रधानमन्त्री ओलीले भने,‘मलाई बहुला कुकुरले टोकेको छ र! नेपालमा कोही नभेट्टाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला।’

पछिल्लो समय फुटको संघारमा रहेको एमालेको विवाद मिलाउन पहल भइरहेको भनिएका बेला प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालप्रति आक्रोश पोखेका हुन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.